NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

घाँटी दुख्नुका यस्ता छन् कारण

एजेन्सी । बदलिदो मौसमसँगै हाम्रो शरीरमा पनि विभिन्न किसिमका रोग देखा पर्छन् । रुघाखोकी, टाउको दुखाई, जोर्नी तथा हड्डी दुखाई जस्ता समस्याले यो मौसमा सताउँछन् । यीनै मध्ये यो समय घाँटी दुख्ने समस्याले पनि धेरैलाई आजित बनाएको हुन्छ ।

इन्फेक्सन र संक्रमणको कारण सामान्यतया घाँटीमा समस्या आउँछ । घाँटीमा हुने संक्रमणको मुख्य लक्षण भनेको दुखाइ, चिसो वा ज्वरो हो । घाँटीको संक्रमण एक सामान्य समस्या हो, जुन ब्याक्टेरिया संक्रमण, भाइरल इन्फेक्सन र एलर्जीले हुन्छन् ।

कहिलेकाहीँ परिवर्तित मौसम वा फ्लूले पनि संक्रमण ल्याउँछ । घाँटीको संक्रमण ब्याक्टेरिया वा भाइरसले हुने हुँदा यसको चापमा जुनसुकै उमेरवर्ग पर्छन् । यद्यपी, बालबालिकामा भने यसको जोखिम उच्च हुने गर्छ । बालबालिकाको कमजोर प्रतिरक्षा प्रणालीले उनीहरुलाई संक्रमणले निकै चाँडो समाउँछ ।

घाँटी दुखाईको लक्षण

घाँटी दुख्दा खाना निल्न गाह्रो हुन्छ । यसले टन्सिलको समस्या निम्याउँछ भने घाँटी सुन्निने पनि हुन्छ । आवाजमा परिवर्तन, जिब्रोमा दाग देखिनु, खोकी लाग्नु ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।