NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

३९ वर्षपछि स्कटल्याण्डसँग हार्यो स्पेन

काठमाडौं । स्कटल्याण्डले युरोकप छनोट खेलमा स्पेनलाई परास्त गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोल अन्तरमा हराएको हो ।

स्कटल्याण्डको जितमा स्कट म्याकटोमिने एक्लैले दुई गोल गरे । स्कटल्याण्डको जितमा निर्णायक भूमिका खेलेका उनले सातौं र ५१ औं मिनेटमा गोल गरेका हुन् ।

स्पेनमाथि स्कटल्याण्डले ३९ वर्षपछि जित निकालेको हो ।

योसँगै स्कटल्याण्ड २ खेलमा ६ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा छ । स्पेन भने ३ अंक जोडेर दोस्रो स्थानमा छ ।