NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । कुराकाओसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७–० गोलान्तरमा परास्त गरेको हो ।

अर्जेन्टिनाको यो जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको २० औं, ३३ औं र ३७ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै मेसीले अर्जेन्टिनाका लागि १०० गोल पूरा गरेका छन् ।

त्यसैगरी, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डी मारिया, गोन्जालो मोन्टिलले पनि अर्जेन्टिनाका लागि एक÷एक गोल गरे ।