NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

माओवादीका चर्चित नेता कुशवाहा किन जनमत पार्टी प्रवेश गरे ?

काठमाडौं । माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहाले पार्टी परित्याग गरेका छन् ।

बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माओवादी परित्याग गरी उनी जनमत पार्टी प्रवेश गरेका हुन् । उनलाई जपाका अध्यक्ष सीके राउतले पार्टी प्रवेश गराएका हुन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा कुशवाहा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनी जसपाका उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए ।

यादव १३ हजार ८२२ सहित निर्वाचित हुँदा उनले १३ हजार चार सय ६८ मत ल्याएका थिए। यदाव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएकाले रित्त रहेको सो क्षेत्रमा निर्वाचन आयोगले बैशाक १० गते उपनिर्वाचन गराउँदैछ ।

कुशवाहालाई सोही क्षेत्रबाट उठाउनका लागि राउतले उनलाई पार्टी प्रवेश गराएका हुन् । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । जपाको उम्मेदवारलाई सत्ता घटक लोसपा, नाउपाले साथ दिने भएको छ ।