NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भागबण्डामा गठबन्धन दलहरूबीच हानाथाप : बुधकारको बैठक पनि बिना निष्कर्ष टुंगियो

काठमाडौं । मन्त्रालय बाँडफाँट टुंग्याउन बसेको सत्ता समर्थित १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा मन्त्रालय भागबण्डामा दलहरूबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

मंगलबार दिउँसो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय संख्याबारे प्रारम्भिक प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा दलहरूले आ–आफ्ना अडान दोहोर्याएपछि दिउँसो ३ बजे पुनः बस्नेगरी बैठक टुंगिएको सहभागी एक नेताले बताए ।