NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री सुनिलबहादुर थापा नियुक्त भएका छन्।

थापा पूर्वप्रधानमन्त्री सूर्यबादुर थापाका छोरा हुन् । राष्ट्रपति पौडेलले सल्लाहकारमा नियुक्त गरेको उनले जानकारी गराएका छन् ।

२०७४ को निर्वाचनअघि राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसको कार्यसम्पादन समिति सदस्य रहेका उनी पूर्वसहमहामन्त्री हुन् ।