NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस शीर्ष नेतालाई स्वर्णिमको सन्देश : देउवा–आरजु गिरोहका कारण कांग्रेसमा रहन सकिँन

काठमाडौं । अर्थशास्त्री तथा कांग्रेसको घोषणापत्रका मस्यौदाकारसमेत रहेका डा.स्वर्णीम वाग्लेले आफू कांग्रेसमा नरहेको सन्देश नेताहरूलाई पठाएपछि कांग्रेसभित्र हलचल भएको छ ।

वाग्लेले बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य द्वय शेखर कोइराला र डा. गोविन्द पोखरेललाई एसएमएस मार्फत कांग्रेसमा रहिरहन नसक्ने सन्देश पठाएका थिए ।

वाग्लेले पठाएको एसएमएसमा देउवा–आरजुका कारण आफू कांग्रेसमा रहिरहन नसक्ने म्यासेज पठाएको पुष्टि भएको छ ।
उनले देउवा र आरजु नेतृृत्वमा रहेसम्म कांग्रेसमा नरहेन तर चारजना नेता नेतृत्वमा पुगेको खण्डमा सहकार्य हुने उल्लेख गरेका छन् ।

‘कांग्रेसको नेतृत्वमा हजुरहरू पुगेको दिन फेरि हामीबीच कुनै न कुनै रुपमा सहकार्य हुनसक्छ । अहिलेलाई कांग्रेसमा रहिरहन सकिन’, उनले पठाएको म्यासेजमा उल्लेख छ ।बैशाक १० मा हुने उपनिर्वाचनमा वाग्लेलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।उनी रास्वपकाका नियमित सम्पर्कमा रहेको नेताहरूले पुष्टी गरेका छन् ।

वाग्ले मंसिरमा भएको निर्वाचनमा काठमाडौं र चितवनमध्ये एक ठाउँबाट चुनावमा उठ्न चाहेका थिए तर सभापति देउवाले उनलाई उम्मेदवार बनाउन अस्वीकार गरिएको बुझिएको छ ।

यस्तो छ उनले कांग्रेस त्यागेकाे घाेषणा :