NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सौगात र सृष्टिको सम्बन्धमा ब्रेक !

काठमाडौं । कलाकारहरुमा प्रेम हुनु र छुटिनु कुनै नौलो विषय होइन । चलचित्र क्षेत्रमा बेला-बेला कलाकारहरूकाे यस्तो चर्चा आइरहन्छन् ।  यसैबीच अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सम्बन्धमा दरार आएको कुराले अहिले चर्चा पाएको छ ।

यी दुई विगत लामो समयदेखि गहिरो प्रेम सम्बन्धमा थिए । अहिले भने दुवैले आफ्नो प्रेम सम्बन्धलाई टुंगाएको चर्चा छ । उनीहरू द्वय  दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थिए । तर कुनै कारणले विवाह भने हुन सकेकाे थिएन् ।

केही समयअघिसम्म सृष्टिको इन्स्टाग्राममा सौगातसँगका तस्विरहरु छ्यापछ्याप्ति भेटिन्थे । तर अहिले उनले इन्स्टाग्रामबाट सौगातसँगका तस्बिर सबै हटाएकी छन् । यसबाट पनि उनीहरुबीचको सम्बन्धमा ब्रेक लागेको आशंका गर्न सकिन्छ ।