NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पाठेघर फालेपछि के हुन्छ ?

काठमाडौं । अधिकांश महिलाले आमा बनेपछिमात्रै आफू पूर्ण भएको महसुस गर्छन् । आमा बन्नका लागि महिलामा पाठेघर चाहिन्छ । त्यसैले पाठेघर स्वस्थ्य हुनु महिलाका लागि निकै महत्त्वपूर्ण मानिन्छ ।

तर कहिलेकाहि पाठेघरमा विभिन्न समस्या हुँदा यसलाई निकालेर फाल्नुपर्ने समस्या पनि आउँछ । पाठेघरमा क्यान्सर भएमा, पाठेघरको आकार बढ्दै गएमा, महिनावारीको समयमास धेरै रक्तश्राव भएको अवस्थामा पाठेघर निकाल्नु पर्छ ।

महिलाको शरीरबाट पाठेघर निकाल्नुलाई ‘हिस्टेरेक्टोमी’ भनिन्छ । पाठेघर निकालेपछि शरीरलाई विशेष हेरचाह र स्याहार आवश्यक पर्छ । पाठेघर निकालेपछि महिलाको शरीर झन् कमजोर हुन्छ । जसले गर्दा शरीरमा विभिन्न साइट इफेक्टसमेत देखापर्छन् ।

कसरी निकालिन्छ पाठेघर ?

पाठेघरको शल्यक्रिया तीन प्रकारका हुन्छन् । पहिलो शल्यक्रियालाई हिस्टेरेक्टो भनिन्छ । यसमा पुरै पाठेघर, ओभरी र फेलोपियन ट्युब पनि हटाइन्छ । दोस्रोलाई सुपरसर्भिकल भनिन्छ । यसमा अपरेशनमार्फत् पाठेघरको माथिल्लो भाग हटाइन्छ र गर्भाशयलाई शरीरमै छोडिन्छ ।

तेस्रो अपरेशनलाई सर्जरी रेडिकल हिस्टेरेक्टोमी भनिन्छ । यसमा पाठेघरसँगै गर्भाशय र योनीको माथिल्लो भाग निकालेर फालिन्छ । पाठेघरसहित डिम्बाशय निकालेपछि महिनावारी रोकिन्छ र यसका कारण योनी सुक्खा हुन्छ । पाठेघर निकालेपछि शरीरमा उच्च संक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । जसले गर्दा शरीरमा छिटै ब्याक्टेरियाको संक्रमण हुने सम्भावना हुन्छ ।

पाठेघर निकालेपछि यसको वरपरका अंगहरूमा पनि चोटपटक लाग्ने सम्भावना बढ्छ। वास्तवमा, महिलाको पाठेघर फलोपियन ट्युब, आन्द्रा, श्रोणि मांसपेशी र अण्डाशय जस्ता अंगहरूले घेरिएको हुन्छ। यस्तो अवस्थामा शरीरबाट पाठेघर निकाल्ने प्रक्रियामा वरपरका अंगहरूमा केही क्षति पुग्छ ।