NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अमेरिकामा सेनाको दुई हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु

अमेरिकामा दुई अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार राति १० बजे फोर्ट क्याम्पबेल सैन्य अड्डा नजिक दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

बिबिसीले यो घटना १०१ औं एयरबोर्न डिभिजनसँग सम्बन्धित रहेको र सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको जनाएको छ ।

सैन्य अधिकारीहरूले घटनामा नौ सैनिक मारिएको पुष्टि गर्दै दुःख व्यक्त गरेका छन् ।

अमेरिकी सेनाको वेबसाइटका अनुसार १०१ औं एयरबोर्न डिभिजन अन्तर्राष्ट्रिय द्वन्द्व क्षेत्रहरूमा पठाइएको एक मात्र हवाई आक्रमण डिभिजन हो।