NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी

काठमाडौं । तीन मन्त्रालयको जिम्मेवारी मागेको नेपाली कांग्रेसका शेखर कोइराला समूहले सम्मानजनक कोटा नपाए आफ्नो तर्फबाट मन्त्रीको नाम नदिने अडान लिएका छन् ।

सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएपछि सभापति शेरबादुर देउवाले शेखर समूहलाई २ मन्त्रालय दिने भनेका छन् । तर देउवाको प्रस्तावप्रति असहति जनाउँदै कोइरालाले कम्तिमा तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान कायमै राखेका छन् ।

शुक्रबार बिहान बसेको शेखर समूहको बैठकले सम्मानजनक संख्या नपाए मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो । यसबारे पार्टी सभापति र प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको एक जना नेताले बताए । बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले दलहरूले मन्त्रीको नाम नपठाएपछि विस्तार कार्य स्थगित भएको हो । दलहरूबाट मन्त्रीहरूको नाम प्राप्त भए आजै मन्त्रिपरिषद विस्तार गरी शपथग्रहण गराउने तयारी प्रधानमन्त्रीको छ ।

ताजा अपडेट

नेपालवाच विशेष