NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट जनमत पार्टी सरकारबाट बाहिरियो

काठमाडौं । मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको सत्ता साझेदार दल जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।

यसअघि सरकारका खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले शुक्रबारमात्रै कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगायत दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

उद्योग मन्त्रालयको जिम्मेवारी दाबी गर्दै आएको जपाले उक्त मन्त्रालय नपाएपछि दिउँसो बालुवाटार पुगेर मन्त्री खानले राजीनामा दिएका हुन् ।