NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सरकारबाट बाहिरिएपछि सीके राउतको प्रतिक्रिया : हामी पदका भोका होइनौं, जनताका सेवक हौं

काठमाडौं । सत्ता घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जपा सत्ताकै लागि कुर्सीमा टाँस्सि नरहने पार्टी नभएको जिकिर गरेका छन् ।

शुक्रबार सरकारबाट बाहिरिएपछि उनले जनताको सेवा गर्नको लागि सरकारमा गएको तर निर्वाचनको क्रममा जनतासँग गरेको वाचा पुरा हुन नसक्ने देखिएपछि सत्ता त्याग गरेको स्पष्टिकरण दिएका छन् ।

‘हामीले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन सकिएन भन्ने सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी जनमत पार्टी होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राउतले राजीनामा दिएका मन्त्री अब्दुल खानलाई बधाई दिँदै जपा स्वराजी कुनै मन्त्री पदको भोको होइन नभएको उनले प्रमाणित गरेको उल्लेख गरेका छन् ।

‘हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरह्नुको औचित्य हुँदैन।’

प्रधानमन्त्रीले शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्प्रति असन्तुष्टी जनाउँदै मन्त्री खानले राजीनामा दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष