NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नङले थाहा हुन्छ तपाईको स्वास्थ्य

एजेन्सी । कहिलेकाही तपाईले आफ्नो नङ फरक भएको महसुुस पक्कै गर्नुभएको होला । यसले तपाईको स्वास्थ्यलाई बुझाउँछ । बारम्बार नङ भाचिने, पहेँलो हुने वा नङमा सेता धर्सा आदि समसस्या देखिएको छ भने सचेत हुनुपर्छ । कहिलेकाही यीनै सानो लापरवाहि भयावह बन्न सक्छ ।

यदि तपाईको नङ धेरै सेता भएको छ भने पनि अलि सर्तक हुनु जरुरी छ । यसले तपाईको शरीरमा प्रोटिनको कमी भएको संकेत गर्छ । जसले मृगौला र कलेजोमा जोखिम बढाउँन सक्छ । यस्तै, सेतो नङको माथिल्लो भागमा गुलाबी रेखा देखापरेको छ भने यसले शरीरको कुनै गम्भीर रोग जस्तै हृदय रोग वा कुनै संक्रमण आदिको संकेत गर्छ ।

नङको छेउ छेउमा गालो र बीचमा सेतो देखिएको अवस्थामा यसले पनि शरीरमा केही भएको आशंका गर्नुपर्छ । कहिलेकाही यो संकेतले हृदय रोग, फोक्सोको रोग र संक्रमणको बारेमा बताइरहेको हुन्छ । यसले भिटामिन बी, बी १२ र जिंकको कमीलाई संकेत गर्छ। यसैगरी, नङ बिग्रएको टाटे भएको छ भने तपाइलाई फंगल इन्फेक्सन भएको संकेत दिन्छ ।

पोषणको कमीले पनि नङमा यस्तो समस्या देखापर्छ । नङको रङमा कही परिवर्तन आए वा सेतो रेखा दखिए यसले कहिलेकाही पोषणको कमी भएकोसमेत संकेत गर्छ । नङ केराटिन नामक प्रोटिनबाट बनेको हुन्छ । प्रत्येक व्यक्तिमा रोगहरू फरक फरक कारणहरू हुन सक्छन्। कहिलेकाहीं आनुवंशिक कारण पनि हुन सक्छ।