NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कर्णालीका मुख्यमन्त्री शर्मालाई एमालेको साथ, दोस्रोपटक पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको पक्षमा ३८ सांसदले मत दिएका हुन् ।

४० सदस्यीय प्रदेश सभामा एक जनाले विपक्षमा मतदान गरे । शर्माले राप्रपाबाहेक सत्तारूढ दल एमाले, माओवादीसहित विपक्षी कांग्रेस, नेकपा एस र स्वतन्त्रसमेत मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री शर्मालाई कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाहीले मत दिएका थिए । यसअघि माघ ६ गते विश्वासको मत लिएका शर्माले राप्रपा सरकारबाट बाहिरिएपछि दोस्रोपटक विश्वासको मत पाएका हुन् ।