NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मिटरब्याजपीडितले पाए प्रधानमन्त्रीनिवासमा प्रवेश

काठमाडौं । मिटरब्याजपीडितले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रवेश पाएका छन् ।

दुई साता पैदलै हिँडेर काठमाडौंमा संघर्षरत मिटरब्याजपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने आकांक्षा राख्दै समय मागेका थिए । त्यसका लागि तयार भएर प्रचण्डले शनिबारको समय दिएपछि उनीहरू आफूमाथि भएका अन्याय सुनाउन प्रधानमन्त्रीनिवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले मिटरब्याजपीडितले प्रधानमन्त्रीसँग भेट्ने इच्छा राखेपछि बालुवाटार बोलाइएको जनाएको छ ।

पहिलो पटक प्रधानमन्त्रीनिवासभित्रै प्रवेश पाएका उनीहरूले मिटरब्याजीविरुद्ध नाराबाजी गर्दै आफूहरूलाई न्याय दिन माग गरेका छन् ।

मिटरब्याजीले चर्को ब्याज लिएर घर न घाटको बनाएको भन्दै पीडितहरू संघर्षमा उत्रिएपछि सरकारले मिटर ब्याजमा रकम दिनुलाई अपराध ठहर्याउने गरी कानून संशोधनको तयारी गरेको छ । यसबारे मन्त्रिपरिषद्बाट निर्णय नै गराइसकेको सरकारले समस्या समाधानका लागि वार्ता टोलीसमेत गठन गरेको छ । टोलीले शुक्रबार मात्रै पीडितसँग पहिलो चरणको वार्ता गरेको छ । टोलीका एक सदस्यले शनिबार पुनः वार्तामा बसेर छलफल अघि बढाउने सहमति भएको जानकारी दिए ।