NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले बैशाक १० मा हुने उपनिर्वाचनमा चितवन–२ बाट जितनारायण श्रेष्ठ र तनहुँ–१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ५ फागुनमा तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो ।