NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चितवन कांग्रेसका विद्रोही नेता जगन्नाथको समर्थन रविलाई

काठमाडौं। चितवन कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् ।

गएको स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका आधिकारीक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएका पौडेलले उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार रविलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

यहाँ कांग्रेसले पूर्वसभापनि जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । आइतबार मात्र बागी उम्मेदवारमाथि गरिएको कारवाही कांग्रेसले फिर्ता लिएको थियो ।

परिर्वतनको पक्षमा उभिएका स्वतन्त्र पार्टीलाई समर्थन गर्दा देशले निकास पाउने भएकाले आफ्नो समर्थन रविलाई रहेको जिकिर गरे ।