NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी नेपाली बजारमा

काठमाडौं । शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिजअन्तर्गत रेड्मी  नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरि दुईवटा फोनहरू समावेश भएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले  भने,  ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्जसले  हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । भर्खरै  लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजले पनि  अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनको साथ हाम्रो  यहि मूल दर्शनलाई झल्काउँछ ।’

शक्तिशाली प्रदर्शनी :

Snapdragon®685 मोबाइल प्लेटफर्मले सुसज्जित, रेडमी नोट १२ ले मल्टिटास्किङ अनुभव प्रदान गर्दछ जसमा  फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी  हुन्छ । जहाँ Redmi 12 Pro 5G Mediatek Dimensity 1080 प्रोसेसरद्वारा संचालित छ, यसले कनटेन्ट क्रेटर खेल र छन् जडानको लागि प्रभावशाली भरपर्दो प्रदर्शन प्रदान गर्दछ।

ब्याट्री ब्याकअप तथा चार्जिङ :

5000mAh ब्याट्री जडित रेड्मी नोट १२ प्रो ५जी लामो समयसम्म चल्नेछ, जसले  तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 67W को चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । साथै, यसमा भएको फ्ल्यागशिप ६७ टर्बो चार्जिङ सुविधाले तपाईंलाई १५  मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्दछ । दैनिक आधारमा मूल्य र विश्वसनीयता प्रदान गर्दै आएको रेड्मी नोट १२ले MMT टेक्नोलोजीको साथ घघध् को फास्ट चार्जिङ रहेको छ जसले स्थिर र प्रभावकारी प्रक्रिया सुनिश्चित गर्दछ ।

प्रभावशाली क्यामेरा इनस्टाइलः

रेड्मी नोट १२प्रो मा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसको मुख्य क्यामेरामा रहेको IMX766 सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा प्रदान गर्दछ । यसको 1.0μm  ठूलो  पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुलेसोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज  रूपमा रेकर्ड गर्न मद्दत गर्दछ । एसको साथै प्रभावशाली 50MP ट्रिपल क्यामेरा सेटअपको साथ, Redmi Note 12 ले हरेक परिदृश्य र सबै प्रकारको प्रकाशमा उत्कृष्ट तस्बिरहरू लिन्छ ।

बजार उपलब्धताः

रेड्मी नोट १२ : 4GB+128GB, 6GB+128GB, 8GB+128GB मा ज्ञत्द्य सम्म विस्तारयोग्य  भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु.२२ हजार ९९९,  रु.२४ हजार ९९९ र  रु.२६ हजार ९९९ रहेको छ ।

रेड्मी नोट १२ प्रो ५जीःजी 6GB+128GB, 8GB+256GB  गरि दुई स्टोरेज  भेरियन्टमा उपलब्द यो फोनको मूल्य क्रमशः रु.३८ हजार ९९९  र ४१ हजार ९९९ रहेको छ ।

रेड्मी नोट १२, ३ अप्रिल, २०२३ देखि नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका  अधिकृत रिटेलरहरूमा उपलब्ध हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष