NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । शुक्रबाटबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको हो । उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ । चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । उनलाई प्रहरीले खोजिरहेको छ ।