NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सिटिजन्स बैंकका ग्राहकलाई एलिवेट लाउन्जमा छुट

काठमाडौं । सिटिजन्स बैंक र एलिवेट लाउन्ज एण्ड क्लव प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकको सेवा तथा सुविधाका लागि बैंकले उक्त प्रालिसँग सम्झौता गरेको हो ।

छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एलिवेट लाउन्ज एण्ड क्लवमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिईएको बैंकले उल्लेख गरेको छ।

हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष