NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

साङ्ला कसरी भगाउने ?

एजेन्सी । घरमा साङ्ला हुँदा यसले खाना विषाक्त हुने खतरा धेरै हुन्छ । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम पनि उच्च रहन्छ । खानामा साङ्ला पर्दा टाइफाइड, एलर्जी, दाग र आँखामा पानी आउने समस्याहरू देखापर्छन् । त्यसैले घरमा साङ्ला छ भने त्यसलाई हटाउने उपाय यस्ता छन् :

बेकिक सोडा

यदि घरमा धेरै साङ्लाहरू छन् भने यसलाई भगाउन बेकिङ सोडा एक राम्रो उपाय हो । यसले साङ्लालाई सहजै भगाउन मद्त गर्छ । साङ्ला आउने ठाउँमा एक चम्चा बेकिङ सोडा र आधा चम्चा चिनी मिसाएर साङ्ला राख्दा साङ्ला भाग्छ र बेकिंग सोडाले साङ्ला मर्छ ।

निम

निममा कीटनाशक गुण हुन्छ । जसले सजिलै साङ्लाबाट छुटकारा पाउन सकिन्छ । राति सुत्नुअघि साङ्ला आउने ठाउँमा नीमको पाउडर वा तेल छर्कदा यसको गन्हले साङ्ला आउन सक्दैन ।

तेज पात
तेज पात प्राय तरकारीमा हाल्न प्रयोग हुन्छ । हरेक घरमा हुने तेजपात पनि साङला भगाउने अचुक उपाय हो । तेज पातको धुलो बनाएर यसलाई तातो पानीमा उमाल्नुहोस् र त्यो पानी साङ्ला प्रभावित ठाउँमा स्प्रे गनुहोस् । यसले साङ्ला मात्र नभइ अन्य किरालाई समेत घरमा आउनबाट रोक्छ । यो सँगै साङ्ला भगाउने अर्को उपयुक्त उपाय ल्वाङ पनि हो । यसलाई पनि घरको कुनाकाप्चामा राख्दा साङ्ला आउन कम हुन्छ ।