NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यस्तो छ, दुई महिनामै फेरिएको सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । सत्ता समीकरण बदलिएको झण्डै डेढ महिनामा सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले संयुक्त सरकारको नीति तथा क्रार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएको नीति तथा कार्यक्रममा मुलुकको दिगो शान्ती शुसासन, विकास समृद्धिका एजेण्डाहरु समेटिएको छ ।

यस्ता छन् संयुक्त सरकारका ९ प्राथमिकताहरु

१. संविधानको रक्षा र आवश्यकता अनुसार परीमार्जन विकास, संघीय लोकतन्त्र, गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यानवयन गर्ने ।

२. देशको अर्थतन्त्र रुपान्तरण, सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।

३. समाजमा विद्यामान वर्गीय, जातिय, क्षेत्रीय, लिंगीय सबै प्रकारका भेदवाहहरुको अन्त्य गरी समता, स्वतन्त्रता एवंम न्ययायमा आधारित सामाजिक व्यवस्था निमाण गर्ने ।

४. गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भष्टाचारको छानविन गरी कडा कारवाही गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने ।

५.उत्पादनमूखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायीक वितरणको व्यवस्था गर्ने ।

६. खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्तदुरुस्त बनाउने ।

७. जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी संकटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने ।

८. राष्ट्रिय हितको रक्षा एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउने ।

९. विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिहरु कार्यान्वयन गर्ने ।