NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
गंगबुमा स्विप अपरेसन

सस्तो होटलमा यौनकर्मी उपलब्ध गराउने ७७ जनाविरुद्ध मुद्दा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौँले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका ७७ जनाविरुद्ध अभद्र अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

बसपार्क क्षेत्रका होटलमा देहव्यापार तथा यौन क्रियाकलाप गराउने, बिचौलियाका रूपमा आन्तरिक र विदेशी पर्यटकलाई ठगी गर्ने र अभद्र व्यवहार गर्ने गरेको पाइएपछि प्रहरी परिसरले सो क्षेत्रमा बुधबार ‘स्विप अपरेसन’ गरी उनीहरूलाई पक्राउ गरेको थियो ।

परिसरका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेकाे जानकारी  दिए ।

जिल्ला अदालत काठमाडौँबाट म्याद थप भई उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । बसपार्क क्षेत्रमा सस्तो होटल मिलाउने तथा महिला यौनकर्मी उपलब्ध गराउने भन्दै सडकबाट यात्रुलाई तान्ने गरेको गुनासो बढेपछि ‘स्विप अपरेसन’ गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।

अपरेसनका लागि प्रहरीले विभिन्न प्रहरी वृत्तबाट ३० जना सादा पोसाकका र १३ जना प्रहरी खटाएको थियो ।

बसपार्क क्षेत्रका गेस्ट हाउस, दोहोरी, डान्स बार तथा रात्रि क्लबमा एकसाथ छापा मारेर पक्राउ परेका व्यक्तिकोे अनुसन्धान भइरहेको बताइएको छ ।

डान्स बारलगायतका रात्रि क्लबमा चर्को मूल्य असुलेर ग्राहकलाई ठग्ने गुनासो बारम्बार आउने गरेको थियो