NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

‘टिआरसी’ लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख तीन दल सहमत

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप (टिआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष तीन दलबीच सहमति भएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठकमा कांग्रेस, एमाले र माओवादीबीच उक्त सहमति भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीन दलका प्रमुख सचेतकहरू सहभागी थिए ।

संक्रमणकालीन न्यायलाई छिट्टो टुंग्याउन शीर्ष नेताबीच सहमित भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘टिआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। विषय र प्रक्रियाबारे छलफल गर्न अर्को बैठक वैशाख १ गते सिंहदरबारमा फेरी बस्नेछ’, उनले भने ।

त्यस्तै विषयगत समिति र अन्य समितिको नेतृत्वको विषय पनि सहमतिमा टुंगो लगाउन नेताहरू सहमत भएको पाण्डेले बताए ।