NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमाले सचिव टोपबहादुरलाई ‘अपराधी’ भनिएपछि संसदमा भयो हंगामा

काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एमालेका सचिव टोपबहादुर रायमाझीलाई अपराधीको संज्ञा दिएपछि संसदमा हंगामा भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा रायमाझी र उनको छोराको संलग्नताको विषयमा प्रश्न उठाएपछि एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन् ।

पाण्डेको आरोपप्रति आपत्ति जनाउँदै गिरीले पत्रपत्रिकामा नाम आएको भरमा सांसदलाई अपराधिकरण गर्न नमिल्ने उनले तर्क गरे । रायमाझीको बचाउन गर्दै गिरीले पाण्डेको अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग रायमाझीसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापाको साँठगाँठ रहेको खुलासा भएको थियो ।