NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रियलमी सि ५५ नेपाली बजारमा, यस्तो छ विशेषता

काठमाडौ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि-५५ नेपाली बजारमा उपलब्ध भएको छ ।

६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ । त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दाबी गरेको छ ।

 यस्ता छन् मुख्य विशेषता :

६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा

यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा, जुन ६४ एमपिको छ । जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको मामलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । साथै यसको क्यामरामा इख्टद्धद्य सेन्सर राखिएको छ जुन फ्ल्यागशिप लेभलको सेन्सर हो ।

त्यस्तै यसमा रियलमी एक्स्क्लुसिव स्ट्रिट फोटोग्राफि मोड राखिएको छ जुन यो भन्दा अगाडिको सि सिरिजहरुमा थिएन । यसको साथै डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यस क्यामरामा समावेश गरिएका छन् । सेल्फी क्यामराको कुरा गर्नुपर्दा यसमा यसमा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । समग्रमा भन्नुपर्दा रियलमी सि ५५ को क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मुल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन ।

३३ वाटको डार्ट चार्जिङ र ५ हजार एमएएच्को शक्तिशाली ब्याट्रि

त्यस्तै यसमा ५ हजार एमएएच्को शक्तिशाली ब्याट्रि राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ ।

९० हर्जको फुल एच्डि प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल

त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ । यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७.८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो ।

चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोगकर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

१२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट

यसमा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।

साथै यसमा भएको माली जि ५२ जिपियुको ग्राफिक्स प्रोसेसिङले गर्दाखेरी गेमिङ र मल्टीमिडियाको लागि पनि रियलमी सि ५५ उत्तिकै उपयुक्त छ । यसको एन्टुटु बेन्चमार्क स्कोर २७३,३६४ रहेको छ जसले प्रोसेसरको टप नच पर्फर्मेन्स झल्काउँछ ।

स्टोरेज र युआइ

स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको ¥याम र १६ जिबिको डाइनामिक -याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

कम्पनीले ६जिबि प्लस ६४ जिबि स्टोरेज भएको सेटको मुल्य २१ हजार ९९९ र ८ जिबि प्लस १२८ जिबि स्टोरेज भएको सेटको मुल्य २५ हजार ९९९ राखेकाे छ ।