NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यसरी मिलाउनुहोस् दाम्पत्य जीवनको खटपट

एजेन्सी । विवाह वा सम्बन्धमा कुनै समय बिचार नमिलेर खटपट हुने गर्छ । जसले दम्पती एकअर्कासँग झगडा, रिसराग गर्न थाल्छन्। कहिलेकाहीँ तपाईंको विचार वा प्राथमिकता तपाईंको पार्टनरसँग मेल खाँदैन।

यस्तो बेलामा दुवै एक अर्कासँग मनमुटाव सँगै बहस गर्न थाल्छन् । जसले सम्बन्धमा धमिलोपन ल्याउँछ र दरार आउँछ । जब सम्बन्धमा दरार आउँछ तब आफ्नो सम्बन्धको सुन्दर अनुभूति हराउँदै जान्छ र मनमा कलह बढ्दै जान्छ । जसले तपाईको सम्बन्धलाई टाढा बनाउँछ । त्यसैले आफ्नो सम्बन्धमा दरार आउन नदिन सक्दो कोशिस गर्नुपर्छ । जसले तपाईको सुन्दर सम्बन्धलाई अझ मजबुद र बलियो बनाओस् ।

धेरै झगडाहरु सामान्य कुरा गर्दै नै मिल्ने गर्छन् । त्यसैले झगडा पर्दा किन परेको छ भनेर जान्न जरुरी छ । जसले तपाई उक्त कुरा बझेर समस्याको समाधान गर्नसक्नुहुनेछ । सम्बन्धमा दरार आउने एक मुख्य कारण कुरा नबुझेर नै हो । त्यसैले सकेसम्म आफ्नो जीवनसाथीको भावना बुझने गर्नुहोस् । भावना बुझ्न सक्दा मात्र पनि धेरै हदसम्म सम्बन्ध राम्रो हुन्छ ।

सम्बन्धमा जति धेरै सयम दिन सक्यो त्यति नै यसले सम्बन्धमा मिठास ल्याउँछ । त्यसैले एक अर्कालाई समय दिनुहोस् । जसले हरेक सानो सानो कुरा बुझने मौका दिन्छ ।
झगडा भएको समय रिसाएर बोल्नु र झकर्नु भन्दा राम्रोसँग बोल्ने प्रयास गर्नुहोस् । अथवा मौन रहनुहोस् । रिसाएको समय बोल्न थाल्दा यसरी उल्टो असर देखिन्छ र सम्बन्धमा अझ धेरै नकारात्मकता आउँछ ।

प्राय झगडा पछि, व्यक्तिको व्यवहारमा परिवर्तन आउँछ । तिनीहरू केही समयको लागि पहिले जस्तै व्यवहार गर्दैनन्। जसले सम्बन्धमा झन् टकरार आउने हुन्छ । त्यसैले सकेसम्म झगडापछि पनि व्यवहारमा परिवर्तन नल्याउनुहोस् ।