NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

महिला उद्यमी जन्माउँदै नबिल बैंक

काठमाडौं । कञ्चनपुर कलुवापुरकी सरस्वती रानाका श्रीमान् रोजगारीका लागि दैनिक अरूका पसलमा काम गर्न जान्थे । यसरी श्रीमानले बाहिर  श्रम र पसिना बगाउँदा उनको मन भने अमिलो हुन्थ्यो । ६ वर्षभन्दा बढी  श्रीमानले बाहिर रोजगारी गरेपछि भने उनले आफ्नै लगानीमा केही गर्ने सोच बनाइन् ।

परिवार संयुक्त थियो, त्यसैले उनी एक्लैले भनेर मात्र कुनै नयाँ काम गर्ने अवस्था थिएन । परिवारका सदस्यबीच आफ्नै लगानीमा केही गर्ने प्रस्ताव गरिन् । सबैले मञ्जुरी दिए, उनले सानो पसल खोलिन् ।

केही समयपछि उनलाई पसलमा लगानी बढाउन मन लाग्यो । सामान्य परिवार भएकाले खेतीपातीलगायतबाट दैनिक गुजारा चलाउनै ठीक्क थियो । पसलको आम्दानी पनि उम्दा थिएन ।

केही गरौं भन्ने हुटहुटी भएकी उनलाई लगानी बढाएर व्यवसाय विस्तार गर्नु थियो । लगानी त बढाउने तर कसरी ? सहज भएन ।

यो अवस्थामा उनले झट्ट बैंकलाई सम्झिइन् । तर विगतमा बैंकबारे सुनेका कुराले उनलाई उत्साहित पारेन, बरु निराश बनायो । साना उद्यमी तथा व्यापारीलाई बैंकले नपत्याउने, पत्याइहाले पनि अनेक झण्झट बेहोर्नुपर्ने उनलाई कसैले बताएका थिए ।

एक मनले भन्थ्यो, बैंकमा गएर कर्जाका लागि आग्रह गर । अर्को मनले चाहिँ नबन्ने काममा दुःख मात्र पाउनका लागि नजान सुझाउँथ्यो । ‘होला कि नहोला’को दोधारमा अन्तिममा उनी श्रीमान लिएर नेपाल बंगलादेश बैंक (हाल नबिल बैंक) को शाखामा पुगिन् । सरस्वतीले बल्ल थाहा पाइन्, बंगलादेश बैंक (हाल नबिल) त प्रचार गरिएभन्दा फरक पो रहेछ ।

‘सुरुमा बैंकहरूले साना व्यापारी र उद्यमीलाई नपत्याउने, पत्याइहाले पनि कर्जा लिन झण्झट हुने सुनेको थिएँ,’ उनले भनिन्, ‘तर नबिल बैंक त प्रचार गरिएभन्दा फरक रहेछ । आफूले प्रवाह गरेका कर्जाबारे राम्रोसँग बुझाएर आवश्यक रकम दिनुभयो ।’

व्यवसायलाई फैलाउन पुँजी अभाव भएर रोकिराखेको अवस्थामा बैंकले विश्वास गरेर १४ लाख ८० हजार रूपैयाँ ऋण दिएको सरस्वती बताउँछिन् । उनले यसलाई ऋणभन्दा पनि बढी गुन ठानेकी छन् । यही कर्जाका कारण आफू अहिले उद्यमी बन्न सकेको उनले निर्धक्क सुनाइन् ।

सरस्वतीले जीवनमा यति धेरै कर्जा पहिलो पटक लिएकी थिइन् । यही कारण मनमा तिर्न पो नसकिने हो कि भन्ने स्वाभाविक भय थियो । ‘सल्लाहमा ऋण लिइएकाले परिवारका सबैको साथ र सहयोग थियो । यसले आत्मबल पनि बढाएको थियो । तर कता–कता मनमा तिर्न नसकिने पो हो कि भन्ने डर थियो,’ केहीबेर घोत्लिँदै उनले उतिबेलाको आफ्नो मनोदशा बताइन् ।

ऋण दिएपछि बैंकले तोकेको ब्याजदर ८ प्रतिशत थियो । तर उनले चार प्रतिशत मात्रै तिर्दा हुने सुविधा बैंकले दियो । सरस्वतीलाई बैंकले प्रवाह गरेको कर्जा ओभर ड्राप्ट (ओडी) भएकाले किस्ता तिर्नुपर्दैनथ्यो । तोकिएको ब्याज पनि आधा मात्र बुझाए हुन्थ्यो । अर्थात् आधा बैंक आफैंले तिरिदिन्थ्यो ।

बैंकबाट ऋण लिएर व्यवसाय अघि बढाउँदा निकै राम्रो कमाइ भइरहेको सरस्वतीका श्रीमान् बताउँछन् । ‘बैंकबाट ऋण लिएर यो व्यवसाय थाल्नुपूर्व हाम्रो आर्थिकस्तर निकै कमजोर थियो । लगानी बढाएपछि भने राम्रै भइरहेको छ । कसैसँग माग्नु परेको छैन, किस्ता समयमा नै तिर्न सकेका छौं,’ उनले भने । बंगलादेश नबिलसँग गाभिएपछि भने किस्ता तिर्नुपर्ने भएको र समयमा नै किस्ता बुझाइरहेको उनले बताए ।

विश्वभर मन्दी छाउँदा व्यापार व्यवसाय प्रभावित भएको छ । तर सरस्वती कपडा सिलाएरै राम्रो कमाइ गरिरहेको सुनाउँछिन् ।

घरको जिम्मेवारी सँगै उद्यम गर्न चुनौती भए पनि साहस, आँट र धैर्यता भएको खण्डमा सफल भइने सरस्वतीको अनुभव छ । उनी घरयासी कामका साथै गाउँघरका ग्राहकको कपडा समयमै सिलाएर सन्तुष्टि दिन सकेकोमा खुशी छिन् । आफ्नो काममा परिवारको बाधा नभएको, राम्रै साथ पाएको बताउँदै उनले महिलाले अवसर र साथ पाएमा जे पनि गर्न सक्ने आत्मविश्वासी सुनिइन् उनी  ।

महिला सशक्तीकरण विगतको तुलनामा बढेको छ । तर आफ्नै लगानीमा उद्यम तथा व्यवसाय गर्ने महिलाहरू निकै कम छन् । शिक्षा, सामाजिक संरचना, सोच, लगानीलगायत कारणले उद्यम तथा व्यवसायमा आउन चाहेर पनि महिलाहरू सकिरहेका छैनन् ।  तर नबिल बैंकले सहुलियतपूर्ण ऋण प्रवाह गरेर सरस्वतीजस्तै कैयन् उद्यमी जन्माइरहेको छ ।

बैंक तथा वित्तीय संस्था विशेषगरी देशका अग्रणी ठूला वाणिज्य बैंकहरूले साधारण मान्छेलाई ऋण पत्याउँदैनन् भन्ने भाष्य जबरजस्त प्रचारमा ल्याइएको छ । ठूला बैंकहरु ठूला उद्योगी व्यवसायीका लागि हुन्, सानातिना उद्यमीका लागि हैनन् भन्ने धेरैको मानसिकता रहेको अवस्थमा नवोदित साना व्यवसायीलाई कर्जा उपलब्ध गराएर व्यवसाय सञ्चालन गर्न सहयोग गरिरहेको नबिल बैंकले जनाएको छ ।बैंकका अनुसार, सरस्वतीजस्तै कैयन् महिला नबिलको सहुलियतपूर्ण कर्जा लिएर व्यापार तथा व्यवसायमा जमिरहेका छन् ।

नबिलको फोन लोनले एसेसरिज बिजनेसमा जम्दै जिना

नबिल बैंकबाट सहुलियतपूर्ण कर्जा लिएर आफूलाई उद्यमीका रूपमा अघि बढाउनेमध्ये अर्की हुन्, विराटनगरकी जिना कार्की । नबिल बैंकबाट फोन लोन लिएर थालेको ‘एसेसरिज बिजनेस’ अहिले फस्टाइरहेको कार्की बताउँछिन् ।

लोनका लागि कार्की नबिल बैंकको सम्पर्कमा पुग्नुको प्रसंग रोचक छ । कार्कीका अनुसार, बिजनेस गर्ने क्रममा उनलाई तत्काल रकम जरुरत पर्यो । तर कतैबाट जोहो हुन सकेन । लगानी जुटाउन नसकेर भौतारिरहेका बेला फोन लोनमार्फत नबिल बैंकबाट कर्जा पाइन्छ भन्ने उनले सुनिन् । तर उनलाई फोन लोन के हो ? कसरी, कति रुपैयाँसम्म पाइन्छ ? केही थाहा थिएन ।

‘आफूलाई तत्काल पसलमा लगानीका लागि पैसा चाहिएको कुरा सुनाएपछि नबिल बैंक, विराटनगर शाखाका कर्मचारीले फोन लोन सुविधाबारे जानकारी गराउनुभयो,’ उनले भनिन्, ‘उहाँहरूले नै फोन लोन कसरी लिने भनेर सिकाउनुभयो, मैले उहाँहरूले भनेअनुसार एप्लिकेसनमार्फत ६ महिनाका लागि २ लाख रूपैयाँ कर्जा लिएँ ।’

नबिल बैंकले प्रदान गर्ने फोन लोन लिन निकै सजिलो भएको उनको अनुभव छ । बिनाधितो, बिनाकागज, फोनबाटै लोन लिन सक्ने भएकाले सानोतिनो लगानी गर्नका लागि यो कर्जा निकै नै उपयुक्त भएको उनको भनाइ छ । ब्याजदर थोरै महँगो भए पनि तुरुन्तै कर्जा पाइने भएकाले यो सुविधाबाट लाभ लिन सकिने उनले बताइन् ।

अहिले उनले सञ्चालन गरेको एसेसेरिज बिजनेसमा बहिनीसमेत जोडिएकी छन् । व्यवसाय सञ्चालन गरेको २ वर्ष मात्रै भएको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने सोच रहेको उनले बताइन् । उनले सञ्चालन गरेको पसलमा स्कार्फ, ब्याग, अर्नामेन्टस्लगायत महिलाका लागि लागि आवश्यक सामग्री पाइन्छ ।

व्यापार राम्रो हुँदा समयमा नै किस्ता बुझाउन सफल जिनाले एक जनालाई रोजगारीसमेत दिएकी छन् ।

लोन लिएर विस्तार व्यवसायबाट छलाङ मार्दै विष्णुदेवी 

कञ्चनुपरकी विष्णादेवी बोहराले चान्देव लोटस ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आइरहेकी छन् । उनको व्यवसाय राम्रै चलिरहेको छ । जसको श्रेय उनी नबिल बैंकलाई दिन्छिन् ।

‘मेरो व्यवसाय अहिले जुन रूपमा छ त्यसको श्रेय नबिल बैंकलाई जान्छ । यदि नबिलले मलाई आवश्यक लोन नदिएको भए अहिले व्यवसाय यो आकारमा बढ्ने थिएन,’ उनले भनिन् ।

ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्नुपूर्व उनको सानो कस्मेटिक एण्ड पार्लर सञ्चालमा थियो । उनी लगानी थपेर व्यवसाय विस्तार गर्न चाहन्थिन् । मन थियो तर धनले अड्काइरहेको थियो । लगानीका लागि रकम जोहो गर्ने प्रयास नगरेकी होइनन् । तर पाइनन् । कतैबाट कर्जा पाइन्छ कि भनेर भौतारिरहेको अवस्थााम उनले तत्कालीन बंगलादेश बैंक (मर्जरपछि हाल नबिल बैंक) कै कर्मचारीबाट कर्जा लिन सकिनेबारे जानकारी पाइन् ।

‘प्रकृया पु¥याएर आउनु, कर्जा मिलाइदिन्छौ भनेपछि हामी त्यहीअनुसार अघि बढ्यौं,’ उनले भनिन्, ‘सबै प्रक्रिया पूरा भएपछि हामीले सजिलै कर्जा पायौं ।’

बैंकबाट १० लाख ७५ हजार रूपैयाँ कर्जा लिएर लगानी गरेको र त्यसले अपेक्षित मुनाफा दिइरहेको उनले प्रसन्न मुद्रामा सुनाइन् ।

अहिले उनले पार्लर र ट्रेनिङ सेन्टरबाट मासिक ८० देखि ९० हजारसम्म आम्दानी गर्दै आएकी छिन् । उनले सञ्चालन गरेको व्यवसायबाट ३ जनाले रोगजारीसमेत पाएका छन् । आर्थिक मन्दीको प्रभाव उनको व्यवसायमा परे पनि कमाइ सन्तोषजनक रहेको उनले सुनाइन् ।