NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यस्ता छन् स्ट्रेच मार्क हटाउने घरेलु उपाय

एजेन्सी । सामान्यतया महिला गर्भवती हुँदा शरीरमा धेरै परिवर्तन आउँछ । यीनै परिवर्तनभित्र पर्छ स्ट्रेच मार्क । यससँगै जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै कुरा बदलिन्छन्।

गर्भवती महिलाको पेट ठुलो हुन्छ र प्रसवपछि आफ्नो आकार फिर्ता लिँदा पेटमा स्ट्रेच मार्क देखिन थाल्छ । जसले हरेक महिलाई सताएको छ । यो समस्या महिलामा मात्रै आउँदैन, तौल घटाएपछि पुरुषमा पनि स्ट्रेच मार्कको समस्या देखिने गरेको छ । यस्तो अवस्थामा यसबाट छुटकारा पाउन मानिसहरु अनेक किसिमका औषधि तथा क्रिमको प्रयोग गर्छन् । आज हामी तपाईलाई स्ट्रेच मार्क हटाउने घरेलु उपायको बारेमा बताउँछौं ।

एलोभेरा जेल

एलोभेरा छालासँग सम्बन्धित सबै समस्याका लागि निकै फाइदाजनक मानिन्छ । एलोभेरामा एन्टिअक्सिडेन्ट गुण हुन्छ जसले स्ट्रेच मार्कलाई कम गर्न मद्दत गर्छ।

भिटामिन ‘इ’ र अण्डा

अण्डा र भिटामिन ई क्याप्सुलको मिश्रणले स्ट्रेच मार्क सहजै हटाउन सकिन्छ । अण्डाको सेतो भागमा भिटामिन इ क्याप्सुल राखेर स्ट्रेच मार्क भएको सबै ठाउँमा लगाउनुहोस् र केही समय छोडदिनुहोस् । यसले विस्तारै तपाईका स्ट्रेच मार्क हराउँदै जान्छन् ।

नरिवल र बदामको तेल

नरिवल र बदामको तेल पनि मार्क हटाउने प्रभावकारी उपाय हो । यी दुवै तेललाई बराबर मात्रामा मिलाएर स्ट्रेच मार्कहरूमा नियमित रूपमा लगाउनुहोस्। यसको प्रभाव केही समयमै देखिनेछ ।

कागतीको रस र काक्रो

त्यस्तै, अर्को प्रभावकारी उपाय भनेको कागतीको रस र काँक्रो हो । यी दुईको मिश्रण स्ट्रेच मार्क भएको ठाउँमा लगाउनाले निकै फाइदा पुयाउँछ । यसले केही समयमै तपाईको मार्क हटाउँदै लैजान्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष