NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित

काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।

आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै आर्मीको लागि निरनायक गोल सवित भयो । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्ड बललाई सदुपयोग गर्दै सुदिलले गोल गरेका हुन् ।

यस जितसँगै आर्मीले १० खेलमा १५ अङ्क जोडेको छ । आर्मी चौथो स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको मनाङको १५ अङ्क छ । समान अङ्क भए पनि मनाङको गोलअन्तरको आधारमा पाँचौँ स्थानमा झ–यो ।

यसैगरी आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । एनआरटीको जितमा सरोज तामाङ, सन्जीव विष्ट र मोहित गुरुङले समान एक एक गोल गरे ।

यता खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काए । यस जितसँगै १० खेलमा एनआरटीले १० अङ्क जोडेर दशौँ स्थानमा उक्लेको छ । यस्तै समान १० खेल नै खेलेको खुमलटार १० अङ्क जोडेर ११ औँ स्थानमा झरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष