NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेका छन् ।

दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।