NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कलेजोको सुरक्षा कसरी गर्ने ?

एजेन्सी । कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगमध्ये एक हो। कलेजोले पाचन सुधार गर्नदेखि हर्मोन उत्पादन गर्ने जस्ता महत्वपूर्ण कार्यहरू गर्छ।

कलेजोले शरीरबाट विषाक्त पदार्थहरू निकाल्छ र पोषक तत्वहरूको भण्डारणको रूपमा काम गर्छ। कलेजोको समस्याले सम्पूर्ण शरीरको स्वास्थ्यलाई असर गर्छ। यस्तो अवस्थामा स्वस्थ रहन कलेजोलाई स्वस्थ राख्न आवश्यक हुन्छ । स्वास्थ्य विज्ञहरूले कलेजोलाई स्वस्थ राख्न जीवनशैली र खानपानको सुझाव दिन्छन् ।

जीवनशैली र खानपानमा गडबडीले कलेजोका धेरै गम्भीर रोगहरूको जोखिम बढाउँछ। फ्याटी लिभर, सिरोसिस र धेरै अवस्थामा कलेजो फेल हुने समस्या पनि देखिन्छ । आफ्नो दैनिक बानीमा ध्यान दिनाले कलेजो स्वस्थ रहन्छ र गम्भीर रोगको जोखिमलाई कम गर्न सकिन्छ ।

जानौं कलेजो स्वस्थ राख्न गर्नुपर्ने कुरा :

मदिरा त्याग्ने

मदिराले कलेजोको लागि हानिकारक छ । यो एक मन्द विष हो । जसले तपाईको कलेजो बिग्रार्छ । यसको सेवनले कलेजोको काममा नै अवरुद्ध बनाउँछ । त्यसैले स्वस्थ कलेजोको लागि मदिराजन्य पर्दाथबाट टाढा रहन जरुरी छ ।

चिनीको प्रयोग कम

चिनी मधुमेहका साथै कलेजोको लागि पनि अस्वस्कर छ । यसको अत्यधिक प्रयोगले कलेजोमा समस्या देखिन्छ । जसले कलेजोको कोशिकालाई हानि पु-याउनुका साथै, यसले धेरै प्रकारका हर्मोनको उत्पादनलाईसमेत असर गर्छ । त्यसैले चिनीको सेवन सही मात्रामा गर्नुपर्छ ।

प्रयाप्त पानी पिउने

पानीको कमीले पनि कलेजोमा समस्या निम्याउँछ । कम पानी पिउनाले डिहाइड्रेसन हुन सक्छ, जसले कलेजोको रोगलाई बढावा दिन्छ । त्यसैले उचित मात्रामा पानी पिउने बानी बसाल्नुपर्छ ।

ट्रान्स फ्याटको मात्रा घटाउने

कलेजो स्वस्थ राख्नको लागि पौष्टिक आहार महत्वपूर्ण छ । ट्रान्स फ्याटको अत्यधिक सेवनले कलेजोमा गम्भीर क्षति गर्छ । कुखुरा, अण्डा र केही दुग्धजन्य उत्पादनहरू ट्रान्स फ्याटको मात्रा उच्च हुन्छन्। प्याक गरिएका खानेकुरा, प्रशोधित खाना र फास्ट फूडमा बोसोको मात्रा बढी हुन्छ। त्यसैले स्वस्थ कलेजोको लागि ट्रान्स फ्याट हुने खानेकुरा कम गर्नुपर्छ ।

ट्रान्स फ्याटबारे जान्नैपर्ने कुरा