NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिटीले तय गर्यो सेमिफाइनल यात्रा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलअन्तर्गत गएराति सम्पन्न दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेलेको सिटी समग्रमा ४–१ को जितसहित सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा बायर्नलाई ३–० ले हराएको सिटीले दोस्रो लेगमा बराबरी खेल्यो । सिटीका लागि अर्लिङ हालाण्डले १ र बार्यनका लागि जोसुवा किमिचले १ गोल गरे ।

अब सेमिफाइनलमा सिटी र साविक विजेता रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।