NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आँखामा एलर्जी हुँदा के गर्ने ?

एजेन्सी । आँखा एक संवेदनशिल अंग हो। यसलाई विशेष हेरचाह चाहिन्छ । कहिलेकाही आँखामा संक्रमणले हुँदा आँखा अचानक चिलाउने, रातो हुने र आँखाको भागमा फोका उठ्ने, एजर्जी जस्ता समस्या देखापर्छन् ।

जसले आँखामा संक्रमण गराउँछ । विशेष गरी बाहिरी धुलो, धुवाँ, फोहोर र हानिकारक कणहरुले आँखामा यस्ता समस्या निम्त्याउँछ । यस बाट बच्न आँखालाई धुलोका कणहरुबाट बचाउनु जरुरी छ ।

यदि तपाईको आँखामा यस्तो समस्या आएको छ भने सफा सुतिको कपडालाई भिजाएर त्यसले दिनको दुई पटक आँखा सफा गर्नुहोस् । यसले आँखा वरपरका ग्रन्थीहरूमा जम्मा भएको अतिरिक्त फोहोरका कणहरु हटाउँछ । यस्तो समस्या आएको समय आँखालाई रगडनु हुँदैन् । यसले संक्रमण थप बढाउँछ ।

अत्यधिक आँलाई असहजिलो भएको छ भने चिकित्सकको सल्लाहमा स एन्टिसेप्टिक प्रयोग गर्नु उचित हुन्छ । आँखामा समस्या भएको समयमा आँखालाई सकेसम्म हेरचाह गर्नुहोस् । मोबाइल, टिभी, ल्यापटप आदिको कम प्रयोग कम गर्नाले आँखामा थप भार पर्दैन ।

आँखामा एलर्जी हुँदा मेकअप, कन्ट्याक्ट लेन्स वा आँखाका अन्य सामानहरू प्रयोग नगर्नुहोस्। यसले आँखामा अझै बढी पिडा ल्याउँछ । सकेसम्म आँखा बन्द गर्ने कोशिश गर्नुहोस् । साधारण हेरचारले आँखा ठिक नभए चिकित्सको परामर्श अत्यावश्यक हुन्छ ।