NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एक दिवसीय क्रिकेटमा कुशल मल्लले बनाए शतक

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमान विरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ६९ बलमा १०० रन बनाएका हुन् ।

६० बलमा ९ चौका र ९ छक्कासहित १०१ रन बनाएका उनले १०८ रन जोडेर आउट भएका छन् ।

एकदिवसीय खेलमा मल्लको पहिलो शतक हो । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने छैटौं खेलाडी हुन् ।