NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालले दियो ओमनलाई ३११ रनको चुनौती

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे। आक्रामक ब्याटिङ गरेका मल्लले ६४ बलमा ९ चौका र १० छक्काको योगफलमा १०८ रन बनाए।

यसैगरी नेपालका लागि सोमपाल कामीले अर्धशतक रन जोडेकाछन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। त्यस्तै भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रन जोडे ।