NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओडिआईमा छिटो १०० विकेट लिने खोलाडीमा सन्दीपले राखे विश्वर्कीतिमान

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने बलरको रूपमा विश्वकीर्तिमान बनाएका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान सन्दीपले तोडेका हुन् ।