NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी हुन् ओडिआईमा पहिलो शतक बनाउने नेपाली खेलाडीहरू

काठमाडौं । एसिसी प्रिमियर क्रिकेट कपअन्तगर्त शुक्रबार ओमानविरूद्धको खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गर्ने कुशल मल्ल छैटौं र्कीतिमानी खेलाडी बनेका छन् ।

ओडिआईमा शतक उनको करिअरमा पहिलो शतक हो । उनले ६० बलमा ९ चौका र ९ छक्कासहिते १०८ रन जोड्न सफल भए । यसअघि  पारस खड्का, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख र कुशल भुर्तेलले करिअरमै पहिलो र्कीतिमान बनाएका थिए ।

क्रिकेट क्षेत्रमा विश्वमाझ राम्रो छवि बनाएको नेपालले विश्वर्कीतिमानीको नयाँ नयाँ रेकर्ड बनाउन सफल भएका छन् । यसैगरी ओडिआईमा ओमनविरूद्ध भएको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने बलरको रूपमा विश्वकीर्तिमान बनाएका छन् । यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान तोड्दै सन्दीपले ४२ खेलमै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका हुन् । यहाँ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करिअरको पहिलो शतक बनाउन सफल खेलाडीबारे संक्षित जानकारी दिएका छौं ।

पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले १४ माघ, २०७५ मा युएईविरुद्ध तेस्रो खेलमा शतक बनाउँदै  ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । उनले शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी टी–२० आईमा नेपालका लागि शतक प्रहार गर्ने एक्ला खेलाडी हुन् ।

यीबाहेक पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरे । उनले २०७४ युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा शतक बनाएका थिए ।

राेहितकुमार पाैडेल

यसैगरी युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । चैत २०७८ मा पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा रोहितले आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका हुन् । रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरी

त्यस्तै एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर हुन् दीपेन्द्रसिंह ऐरी । गतवर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा ऐरीले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक थियो ।

कुशल भुर्तेल

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडीमा कुशल भुर्तेलले कीर्तिमान राखेका थिए । गत फागुनको २ गते त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाए हुन् ।
भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरेका थिए । उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका थिए ।

आसिफ शेख

यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले करिअरको पहिलो शतक प्रहार गरेका थिए । फागुनको अन्तिम साता टियू मैदानमा पिएनजी विरुद्धको खेलमा आसिफले १०१ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् । आसिफले शतकसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन समेत पूरा गरेका कीर्तिमान बनाएका थिए ।