NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

छाला चम्किलो बनाउन टमाटरको प्रयोग यसरी गर्नुहाेस्

एजेन्सी । घाम, धुवा धुँलोको प्रत्यक्ष असर छालामा पर्छ । जसले छालासम्बन्धी विभिन्न समस्या निम्याउँछ । वातावरणीय प्रदूणण, धुलोको कण र बाहिरी सतहमा भएका फोहोरको असर सिधै छालामा जाँदा छालासम्बन्धी समस्या आउने गर्छन् ।

जसले सफा र चम्किलो छाला पाउन मुस्किल हुन्छ । अहिले बजारमा केमिकलयुक्त सामग्री छ्यापछ्याप्ती भेटिन्छन् । जसले छाला सफा त गर्छ तर कहिलेकाही तिनै साम्रगीले छालामा एलर्जी तथा दागहरु ल्याउन सक्छ । त्यसैले केमिकलयुक्त भन्दा सकेसम्म प्राकृतिक विधि र साम्रगी छालाको लागि लाभदायिक छ । जुन मध्ये एक हो टमाटर ।

टमाटरमा छाला सफा गर्ने प्राकृतिक गुण हुन्छ । यसमा पाइने भिटामिन सी र लाइकोपीनले छालाको सफा राख्छ । यसलाई आइस क्युब बनाएर प्रयोग गर्न सकिन्छ । दिनको एक पटक टमाटर आइस क्युबलाई अनुहारको छाला तथा हात खुट्टको छालामा लगाएर मसाज गर्नाले यसले छालामा भएका फाहोरका कण निकाल्छ साथै छाला टाइट पनि गराउँछ ।

अनुहारका पोर्स, ब्ल्याक तथा ह्वाइटडेस् पनि यसले हटाउँछ । यसले घामको किरणबाट छालालाई जोगाउनुका साथै कालोपन हुन दिदैंन । टमाटरमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जुन सुख्खा छालाको समस्यामा फाइदाजनक हुन्छ । यसले तपाईंको अनुहारलाई मोइस्चराइज गर्छ र छालाको मृत कोशिकाहरू हटाउँछ । प्रदुषणले छालामा जम्मा भएका फोहर यसले सहजै निकाल्छ । जसले छाला चम्किलो र सफा देखाउँछ ।