NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

पक्राउ परे अमृत पाल सिंह

काठमाडौं । भारतीय प्रहरीको फरार सूचीमा रहेका अमृत पाल सिंह पक्राउ परेका छन् । उनलाई आइतबार विहानै भारतको पन्जाबबाट पक्राउ गरिएको हो ।

मोगा प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि उनलाई हिरासतमा लिइएको भारतको पन्जाब प्रहरीले जनाएको छ ।

सार्वजनिक रूपमै हिंसाको वकालग गर्दै आएका सिंहमाथि ज्यान मार्ने उद्योग, शान्ति सुरक्षामा खलल पुर्याएको र कानुन मिचेको आरोप छ ।

उनले शिख समुदायका लागि छुट्टै राज्यको माग गर्दै आएका छन् । त्यसका लागि उनी ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गरिरहेका थिए ।

उनी नेपालमा लुकेर बसेको भन्नेविषय यहाँको संसदमासमेत उठेको थियो । तर प्रहरीले उनलाई पन्जाबकै मोगाबाट पक्राउ गरेको हो ।