NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पेट लागेर हैरान हुनुहुन्छ ? यस्तो छ घटाउने उपाय 

एजेन्सी । मोटोपनासँगै धेरै समस्याको जोखिम पनि बढ्छ । वर्षौंदेखि, मोटोपना विश्वव्यापी महामारीको रूपमा देखा परेको छ । यसका पछाडि धेरै कारण हुन सक्छन् । खानपिनमा लापरवाहीदेखि नियमित दिनचर्यासम्म यसको कारण हो ।

अहिले मोटोपनको समस्या जो कोहीलाई पनि हुने गरेको छ । बच्चादेखि युवासम्ममा यो समस्या सामान्य हुँदै गएको छ । मोटोपना भनेको शरीरमा अत्यधिक बोसो जम्मा हुनु हो । अझ विशेषगरी पेटमा लागेको बोसो यी मध्ये सबैभन्दा घातक हुन सक्छ ।

किनकि पेटमा धेरै महत्त्वपूर्ण अंगहरूले काम गरिरहेका हुन्छन् । बढ्दो मोटोपनाले उक्त अंगहरुको काममा बाधा पुग्न सक्छ । बढ्दो तौलले बाहिरी शारीरिक अवस्थामा मात्रै नभएर सम्पूर्ण स्वास्थ्यमा असन्तुलन ल्याउँछ । मोटोपनासँगै मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता समस्याले सताउन थाल्छ ।

कसरी नियन्त्रणमा ल्याउने ?

पेट नियन्त्रणमा ल्याउन आफूले खाने खानेकुरामा ध्यान दिन आवश्यक छ । खानेकुरा सही ढंगले नखाँदा नै पेटमा बोसो जम्ने हो । यसको लागि तपाइले आफ्नो आहारलाई सन्तुलित बनाउन अत्यावश्यक छ । सकेसम्म बाहिरको जंक फूड खान छोडनुहोस् ।

प्रशोधित खानामा अत्यधिक मात्रामा ट्रन्स फ्याट हुन्छ । जसले बोसोलाई कम गर्नुको सट्टा बढाउँछ । यस्तै, पौष्टिक र सन्तुलित आहार पनि कति खाने भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । एकैपटक धेरै खानेकुरा खानुको सट्टा थोरै थोरै खाने बानीको विकास गनुहोस् ।

सफ्ट ड्रिंक, र प्याकेज गरिएको जुस, चिसो पेय पदार्थ आदिबाट पनि टाढा रहनुहोस्। यस्ता खानेकुरा सेवन गर्दा शरीरमा चिनीको मात्रा बढ्छ । शारीरिक गतिविधिले शरीरलाई स्वस्थ राख्छ । त्यसैले शारीरीक व्यायाम, योगलाई आफ्नो दिनचर्यामा नियमित समावेश गर्नुहोस् ।

ताजा अपडेट

नेपालवाच विशेष