NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रद्द भयो नेपाल र साउदीबीचको खेल, नेपाल सेमिफाइनलमा

काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन नसकेको हो । समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल ९ बजेदेखि सुरु हुनुपर्ने थियो । तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेन ।

खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक एक अंक बाँडेका छन् । एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो ।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । नेपालले अबको खेल कतारसँग खेल्नेछ ।