NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एमालेकाे जनमत जाेगाउन नसकेका पूर्वआईजिपी खनाल यसरी भए दाेस्राेपटक अस्वीकृत

काठमाडौं । नेपाल प्रहरी संगठनमा ३० वर्षे सेवा अवधिबाट अनिवार्य अवकास पाएका पूर्वआइजिपी सर्वेन्द्र खनाल प्रतिनिधिसभा सदस्य बन्ने सपना दोस्रोपटक पनि तुहिएको छ ।

प्रहरी संगठनमा रहँदा गुण्डा नाइके, म्याचफिसिङ जस्ता अप्रेसनमा सफल भएपछि सेलिब्रेटीको छवि बनाएका उनलाई जनताले दोस्रोपटक समेत पत्याएनन् ।

आफ्नै पुख्र्यौली क्षेत्र तनहुँ–१ मा एमालेकोेतर्फबाट उम्मेदवार रहेका उनी रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेसँग तेस्रो स्थानमा पराजित भएका हुन् ।

अघिल्लोपटक काठमाडौं -६ बाट एमालेका उम्मेदवार रहेका खनाल ५ हजार २९३ को फराकिलो मतान्तरसहित रास्वपाका उम्मेदवार शिशिर खनालसँग पराजित भएका थिए । शिशिरले १४ हजार २०४ मत पाए पाउँदा उनले ८ हजार ९११ मत पाए।

खनालले एमालेकै जनमत जाेगाउन सकेनन्

वाग्ले ३४ हजार ९१९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । खनालले ८ हजार ४८८ मतमा चित्त बुझाउन बाध्य भए ।

वाग्लेसँग खनालको मतान्तर २६ हजार ४३१ रहेको छ भने भट्राईसँग ११ हजार ६३४ को फराकिलो मतान्तर रहेको छ । रोचक कुरा त योपटक एमालेकै कार्यकतालेसमत खनाललाई भोट हालेको देखिएन ।

अघिल्लोपटक एमालेका उम्मेदवार रहेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । रानाले पाएको मतसँग खनालको मत घटाउँदा ११ हजार ४९३ कमि हुन्छ । यहाँ एमालेले समानुपातितर्फ पाएको भोट नै १६ हजार ६८३ रहेको छ ।

एमाले पाएको वास्तविक मत भन्दा खनालले पाएको मत ८ हजार १९५ मत कमि रहेको छ । उपनिर्वाचनमा यहाँ एक लाख २३ हजार ३०५ कुल मतदाता रहेकोमा ५३ प्रतिशत मत खसेको थियो । यसअघि ५४ दशमलब ०३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

तीमध्ये केहीले वाग्लेलाई मत दिएको र केही निष्क्रिय बसेको देखियो । पराजित भएका व्यक्तिलाई पुनः उम्मेदवार बनाएकोमा तनहुँ एमाले नेतृत्वप्रति असन्तुष्ट थिए । योपटक वाग्लेलाई भोट दिएर नेतृत्वप्रति राम्रै बदला लिएको देखियो ।

२०४६ मा नेपाल प्रहरीको निरीक्षक पदबाट सेवा प्रवेश गरेका उनी लोकप्रिय प्रहरी अधिकृतको रूपमा चिनिन्थे ।

आफूसँगैका अब्बल अधिकृत रमेश खरेल, उत्तम कार्की, पुष्कर कार्की लगायतलाई पछि पार्दै कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठताको आधारमा उनी २०७४ मा प्रहरी महानिरीक्षक बन्न सफल भएका थिए ।

संगठनभित्र कुशल र व्यवसायी अधिकृतको छवि बनाएका उनले प्रहरीमा झण्डै २२ महिना महानिरीक्षक भएर काम गरे ।

३० वर्षे सेवा अवधिमा मोष्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे, फुटबलमा म्याच फिक्सिङविरूद्धको अप्रेसन लगायतमा सफलता प्राप्त गरी खनाल थप चर्चामा आएका थिए ।

स्थायी घर तनहुँको चुँदीमा रहेका खनाल अहिले काठमाडौंमा बस्दै आएका छन् । केपी ओली नेतृत्वको सरकार रहेको पालामा नेता महेश बस्नेतसँग मिलेर सांसद अपरण गरेको आरोप लागेपछि उनी विवादमा पनि तानिएका थिए । खनाल मंसिरको निर्वाचनको मुखमा एमाले प्रवेश गरेका हुन् ।

समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको थियो ।