NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

साँझ हिड्नु शरीरलाई फाइदा

एजेन्सी । हिड्नु स्वास्थ्यका लागि फाइदा मानिन्छ । यसले शरीरलाई फुर्तिलो बनाउनुका साथै उर्जाशिल पनि बनाउँछ । विशेषगरी साँझको समयमा हिँड्नाले शरीरलाई निकै लाभ मिल्छ ।

अहिलेको खराब जीवनशैलीमा व्यायाम, योग शरीरका लागि अत्यावश्यक छ । जसले शरीर सन्तुलित राख्न सकोस् । योगको एक पाटोसमेत हो हिँडाइ । यसले शरीरका विभिन्न भागलाई चलाएमान राख्छ ।

यसबाट तपाईको शरीरको क्यालोरी बर्न हुन्छ । जसले शरीरको पाचन प्रक्रिया ठिक राख्छ भने मानसिक स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ ।
दिभरको थकान मेटाउन साझँमा केही समय फ्रेस हावामा हिड्दा तनाव र चिन्ता हट्छ र मन पनि शान्त र स्थिर रहन्छ । हिड्नु मुटुको स्वास्थ्यका लागि पनि उत्तिकै प्रभावकारी छ ।

यसले मुटुसम्बन्धी समस्याको जोखिम कम गराउँछ । रक्तचाप नियन्त्रण गर्छ । यसले तपार्इंको मांसपेशी बलियो बनाइ सन्तुलित र स्वस्थ तौलमा शरीरलाई राखछ । मोटोपनाको शिकार हुनेहरुले केही समय हिड्दा तौलमा नियन्त्रण गर्न सकिनछ । दैनिक हिड्नु रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नुसमेत हो ।

यसले प्रतिरक्षा प्रणालीको कार्यलाई बढाउँछ, जसको कारण तपाईंको शरीर रोगहरूसँग लड्न बलियो हुन्छ। पर्याप्त निद्रा स्वस्थ शरीरका लागि अत्यावश्यक हुन्छ । एक स्वस्थ व्यक्तिले दिनमा ८ घण्टा सुत्ने गर्नुपर्छ । दैनिक हिँडने बानीले निन्द्रा लाग्छ ।