NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मोबाइलमा आउने अनावश्यक विज्ञापन कसरी हटाउने ?

एजेन्सी । अहिलेको समयमा मोबाइलबाटै सबै काम गर्न सकिन्छ । घरेलु सामानको बिल तिर्न होस् वा कतै बाहिर जान नै हरेक गतिविधि मोबाइलको एक क्लीकमा सिमित छ । मोबाइलको प्रयोग गरेर काम गर्न यसमा धेरै एपहरुको प्रयोग गछौं ।

यस्ता एपहरुले समय समयमा विज्ञापनको सूचना दिइरहेको हुन्छ । हामीले मोबाइलमा प्रयोग गर्ने हरेक एपको ‘नोटिफिकेसन’ कहिलेकाही हाम्रो ध्यान विकेन्द्रित पनि हुन्छ । यसको एक मात्र उपाय भनेको विज्ञापनलाई रोक्नु अर्थात ‘नोटिफिकेसन’ अफ गर्नु हो । आज हामी तपाईलाई अनावश्यक एपहरुले दिने ‘नोटिफिकेसन’ अफ गर्न सिकाउँछौं :

१) यसका लागि तपाईंले आफ्नो एन्ड्रोइड मोबाइलमा DNS भन्ने अप्सन खोज्नुहोस् र त्यसमा क्लिक गर्नुहोस् ।
२) त्यहा तीनवटा विकल्प आउँछ यसमा अफ, अटो, र प्राइभेट डिएनएस यसमध्ये प्राइभेट डिएनएसमा जानुहोस् ।
३) त्यहा तपाइले आफ्नो डिएनएस प्रोभाइडर होस्ट नाम प्रविष्ट गर्न एउटा स्तम्भ प्राप्त गर्नुहुनेछ । तपाईं त्यहा dns.adguard.com टाइप गर्नुहोस् ।
५) त्यसपछि तपाइको मोबाइलले एडगार्ड को डिएनएस सर्भर उपयोग गर्छ र विज्ञापन आउन बन्द हुन्छ ।