NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

तनावमुक्त हुन के गर्ने ?

एजेन्सी । कामको दौडधुप, व्यस्तता, अस्वस्थकर जीवनशैलीका कारण व्यक्तिमा तनाव तिव्र रुपमा बढ्दो छ । वर्तमान समयमा तनाव हरेक व्यक्तिको जीवनको हिस्सा बनिसकेको छ ।

दैनिक जीवनमा हुने घटना र परिस्थितिहरूले तनाव अझ उच्चसँग बढ्छ यसले मानसिक र शारीरीक तवरमा नै व्यक्तिलाई कमजोर बनाउँछ ।
विशेषज्ञहरुका अनुसार जब तनाव धेरै बढ्छ वा तनावको समस्या बारम्बार र लामो समयसम्म रहन्छ, तब मानसिक स्वास्थ्यसँग सम्बन्धित धेरै प्रकारका रोग र समस्याहरु पनि बढ्छन् ।

अर्कोतर्फ, मानिसलाई कुनै रोग लागेमा तनावले त्यो रोगले भयावह रूप पनि लिन सक्छ । यस्तो अवस्थामा व्यक्तिले तनाव कम गर्न र आफ्नो मानसिक स्वास्थ्यलाई व्यवस्थित बनाउन आवश्यक छ । तनावलाई नियन्त्रण गर्नु आफैमा चुनौतीपूर्ण छ । यो तब मात्र सम्भव छ जब व्यक्तिले आफ्नो मन र मस्तिष्क शान्त राख्न सक्छ ।

मन शान्त हुँदा मनमा धेरै कुरा आउँदैन् र चिन्ता तनाव पनि कम हुुन्छ । सामान्यतया तनावको कारण व्यक्ति खानपानमासमेत ध्यान दिदैनन् । उनीहरु तनाव व्यवस्थापन गर्न मद्यपान र धुम्रपानको सहायता लिन्छन् । अस्वस्थकर खानपानले तनाव कम गर्नुको सट्टा । यसलाई झन बढाउँछ । त्यसैले तनाव वा चिन्ता हुँदा खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

तनाव नियन्त्रण गर्न कम कार्बोहाइड्रेटयुक्त खाना खानुपर्छ । यसले मस्तिष्क शान्त पार्छ । यसै गरी तनाव हुँदा पानीको मात्रा पनि बढाउँनुपर्छ । पानी पिउनाले पनि तनाव धेरै हदसम्म कम हुन्छ ।ध्यान, योग जस्ता शारीरीक व्यायामले शरीरलाई थप उर्जाशिल राख्छ मुड पनि फ्रेस बनाउँछ । तनाव हुँदा यस्ता गतिविधिमा जोड दिनुहोस् । यसले मानसिक रूपमा नै व्यक्तिलाई स्वस्थ र तनावमुक्त राख्न सहयोग पुयाउँछ ।