NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

खाना ढिलो खाने बानी यसकारण हुन सक्छ घातक

एजेन्सी । अधिकांश व्यक्तिको खाना खाने समय मिल्दैन् । उनीहरु जुन बेला भोक लाग्छ वा खान मन हुन्छ त्यही समय खाना खाने गर्छन् । तर यस्तो किसिमको जीवनशैलीले स्वास्थ्यमा भने प्रत्यक्ष असर पुर्याउँछ ।

खानाको सहि तालिकाले मेटाबोलिज्ममा प्रत्यक्ष प्रभाव पार्छ, जुन पाचनदेखि स्वस्थ शरीरको तौलसम्मका लागि आवश्यक छ । यदि तपाईं ढिलो खाना खानुहुन्छ भने यसले गम्भीर स्वास्थ्य समस्याको जोखिम गराउँछ ।

न्यूट्रिएन्ट्स जर्नलमा प्रकाशित एक अध्ययनले राति अबेरसम्म खाना नखानाले मेटाबोलिजम र रगतमा चिनीको मात्रामा नकारात्मक असर पार्ने देखाएको छ ।

शोधकर्ताहरूका अनुसार समयमै खाना नखाई ढिलो खाने बानीले रगतमा ट्राइग्लिसराइडको समस्या पनि बढाउँछ, जसका कारण मुटुसम्बन्धी रोगको जोखिम उच्चसँग बढ्छ । यसबाहेक अबेर खाना खाने बानीले मोटोपनाको समस्या निम्याउँछ । समयमै खाना खाने बानीले स्वास्थ्य समस्याहरूको जोखिमलाई कम गर्छ ।