NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एसिसी प्रिमियर कप– कुवेतले टस जित्यो, ब्याटिङ सम्हाल्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कपको  सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेको कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ सम्हालेको हो ।

नेपाल समूह ‘ए’ को विजेता हो भने कुवेत समूह ‘बी’ को उपविजेता । आजको खेलमा दुवै टिम एकले अर्कोलाई हराएर फाइनल यात्रा तय गर्ने दाउमा छन् । ।

नेपाल र कुवेतबीच हालसम्म तीन खेल भएका छन् । जसमा नेपालले दुई तथा कुवेतले एकमा जित हात पारेको छ ।

आजको खेलमा नेपाली टोलीका एक जना खेलाडी परिवर्तन गरिएको छ । गुलसन झालाई बेञ्चमा राखेर उनको स्थानमा करण केसीलाई अवसर दिइएको हो ।

नेपालको सम्भावित प्लेइङ–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी

 

ताजा अपडेट

नेपालवाच विशेष