NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बेन्जिमाको ह्याट्रिकको मद्दतमा रियलको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अल्मेरियालाई परास्त गर्दै जित निकालेको छ । गएराति सम्पन्न खेलमा रियलले अल्मेरियालाई ४–२ गोल अन्तरमा पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जिमाले ह्याट्रिक गरे । खेलको पाँचौं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका उनले १७औं र ४२औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । रोड्रिगोजले ४७औं मिनेटमा गोल गर्दै ४–१ को अग्रता दिलाए ।

अल्मेरियाका लागि लाजारो र लुकासले एक–एक गोल गरे ।

योसँगै रियल ३२ खेलमा ६८ अंक जोडेर दोस्रो स्थानमा छ भने अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा छ ।